सुर्खेतमा सात जना जुवाडे पक्राउ

  ।   १९ कार्तिक २०७७, बुधबार १७:३७

मनोज डाँगी

कार्तिक १९, सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २९ बर्षिया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर ९ का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर ३ का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर ६ का ३२ वर्षीय निराजन शाही रहेको प्रदेेश  प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।
उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको उनले बताए। उक्त विषयमा थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

Next Post

कर्णालीका सबै जिल्लामा देउसी र भैली खेल्न निषेध

१९ कार्तिक २०७७, बुधबार १७:३७
कार्तिक १९, सुर्खेत । नजिकीदै गरेको मूख्य पर्व तिहारमा देउसी र भैली खेल्न पूर्ण रुपमा निषेध गर्ने कर्णाली सरकारले निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सतर्कता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले […]