प्रदेश सभाले गर्‍यो `यूवासंग प्रदेश सभा´ संवाद कार्यक्रम

  ।   १९ माघ २०७८, बुधबार १९:२८

गोबिन्ददेव भारती 

१९ माघ, सुर्खेत ।

प्रदेश सभा सचिवालय, कर्णाली प्रदेशले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइ रहेको छ । यहि माघ २१ गते पर्ने स्थापना दिवसलाई लक्षित गरी सप्ताहब्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ ।

जस अन्तर्गत बुधबार `यूवासंग प्रदेश सभा´ बिषयमा संवाद कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सहभागी यूवाहरुले प्रदेश सभा, सभामुख, उप-सभामुख, विभिन्न बिषयगत समितिका अध्यक्षहरुसंग आफ्ना जिज्ञासाहरु राख्नु भएको थियो। कानुन निर्माणका प्रक्रिया र कार्यान्वयनको अबस्थाको बिषयमा उहाँहरुले धेरै जिज्ञासा राखेको बताइएको छ ।

बिशेष गरि प्रदेश सभा स्थापना भएको ४ बर्ष पुगिसकेको अबस्थामा जनताका अपेक्षा पूरा भए वा भएनन् भन्ने बिषयमा केन्द्रित रहेर सहभागीहरुले जिज्ञासा राखेको प्रदेश सभा सचीव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । सभा संचालन, ब्यबस्थापन, बिधेयकहरु निर्माण र छलफलका प्रक्रिया, कर्णाली प्रदेशमा देखिएका सामाजिक बिकृती बिसंगति जस्ता कुराहरुको मात्रै होइन मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइको बारेमा समेत यूवाहरुले चासोका साथ संवाद गर्नु भएको थियो ।

सहभागीले उठाएको सवालहरुको जवाफ दिँदै सभामुख  राजबहादुर शाहीले प्रदेश सभाको काम भनेको जनताका ब्यक्तिगत कामहरु गर्ने भन्दा पनि आबश्यक कानुनहरु निर्माण गर्ने र ती कानुन कार्यान्वयनका लागि प्रदेश सरकारलाई निर्देशित गर्ने रहेको बताउनु भयो । यूवाहरुको प्रदेश सभा प्रती देखिएको चासोले आफुलाई थप उत्साहित बनाएको उल्लेख गर्दै सभामुख शाहीले आगामी दिनमा पनि यस्तै सुझाव दिई आफुहरुलाई निरन्तर घच्घच्याइ रहन पनि आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा  उप-सभामुख पुष्पा घर्ती बिष्ट, सामाजिक बिकास समितिका अध्यक्ष देवी ओली, सार्वजनिक लेखा समितिका अध्यक्ष पदम रोकाय, अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, बिधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियार र प्रदेश सभा सचीव जीवराज बुढाथोकीले आफुसंग सम्बन्धित जिज्ञासाको जवाफ दिनु भएको थियो ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक रुपमा उपस्थित सहभागीहरुबीचमा स्वास्थ्य सम्बन्धि अपनाउनु पर्ने मापदण्डको पालना गर्दै भर्चुअल बिधिबाट समेत यूवाहरुलाई सहभागी गराइएको थियो ।

प्रदेश सभा सचिवालय कर्णाली प्रदेशको आयोजना तथा संसद सहयोग परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी प्रदेश सभा सचिवालयका उप-सचीव तेजप्रकाश जोशिले गराउनु भएको थियो भने सहजीकरण प्रदेश सभा सचिवालयका कम्प्युटर अधिकृत राजेन्द्र पौडेल र दिनेश गौतमले गर्नु भएको थियो ।

त्यसैगरी सप्ताहब्यापी कार्यक्रम अन्तर्गत विभिन्न खेलहरु समेत भइरहेको र २० गते `म प्रदेश सभा सदस्य भएँ भने´ भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता हुने र २० गते नै आम सर्बसाधारणको लागि प्रदेश सभा अवलोकन `भिजिट कर्णाली प्रदेश सभा´ को कार्यक्रम समेत रहेको सचीव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

Next Post

चुनावविरुद्धको रिट दरपीठ गर्दै सर्वोच्चले भन्यो– पहिलो चरणको चुनावकै आधारमा कार्यकाल गणना

१९ माघ २०७८, बुधबार १९:२८
माघ २६, काठमाडौ । वैशाख ३० गते स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै एक मेयरले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । निर्वाचन मिति बदर गराउन माग गर्दै महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिट बुधवार सर्वोच्च अदालतले दरपीठ गरिदिएको हो […]