
कार्तिक १३, दैलेख ।
दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का र वडा नं १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिएका छन् ।
गत केहिदिन यता रुघाखोकी देखिएपछी बिहीवार उनिहरुको पिसिआर जाँच गरिएको थियो । आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको र अहिले दुबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।

