नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ मा हुने

  ।   १६ आश्विन २०७७, शुक्रबार ११:१०

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘चुनाव मंसिर ११ मै सुरु गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘गृह मन्त्रालयका अनुसार सबै स्वास्थ्य मापदण्ड पूरा गरेर गर्नुपर्ने भएकाले साधारणसभा सुरु भएर सकिन दुईतीन दिन पनि लाग्न सक्छ ।’ गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

‘मंसिर ११ को साधारणसभाको उद्घाटन जुमबाटै गर्छौं,’ उनले भनिन्, ‘प्रमुख अतिथिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नेछौं ।’ गृहले महासंघलाई असोज ९ मा पठाएको चिठीअनुसार निर्वाचनका क्रममा मतदान गर्दा एक पटकमा २५ भन्दा बढी जम्मा नहुने गरी सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिन ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । कार्यदलले महासंघको साधारणसभा भर्चुअल माध्यमबाट र निर्वाचनका कार्यक्रम काठमाडौंमा गर्न सिफारिस गरेको थियो ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन सुरुमा ०७६ चैत २८ र २९ गतेलाई तोकिएको थियो । त्यति बेला सरकारले कोभिड–१९ का कारण लकडाउन गरेपछि साधारणसभा तथा निर्वाचन रोकिएको थियो । जेठ ७ र ८ र त्यसपछि साउन २६ र २७ का लागि पनि मिति तोकिएको थियो । #लाईभपाटी

Next Post

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना संक्रमण

१६ आश्विन २०७७, शुक्रबार ११:१०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सम्बन्धित