
११ कात्तिक, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।
देशभर ४० हजार ६८१ सक्रिय संक्रमित छन् । ३२ हजार ४६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
