अछाम जिल्लाको ढकारी गाउँपालिका-३, मा गएराति चक्कु प्रहार गरि ढकारी गाउँपालिका-७, रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरिएको छ ।
ढकारी गाउँपालिका-१, मा रहेको बाचकोटबाट घरजाने क्रममा वडा नं.३ को गडिहाल्ने बजार नजिकै मदिरामा लट्ठ परेका अन्दाजी ४० देखि ४२ बर्षिय नरेन्द्र बुढा र अन्दाजी २८ देखि ३० वर्षिय नर बहादुर बुढाले घर फर्किदै गरेका दिपेन्द्र थापा लगाएतका ६ जना माथि चक्कु र लाठि प्रहार गरेको ढकारी गाउँपालिका ७ का वडा अध्यक्ष पूर्ण सिंह थापाले बताए । मृतक दिपेन्द्र थापासंगै ढकारी गाउँपालिका ७ का १४ वर्षिया रुद्र थापा गम्भीर घाइते भएको ढकारी प्रहरी चौकीले बताएको छ । घाइते रुद्र थापालाई जिल्ला अस्पताल मंगलसैन रेफर गरिएको छ ।
चक्कु प्रहार गर्ने नरेन्द्र बुढालाई घरमा सुतिरहेको अवस्थामा बिहान नियन्त्रणमा लिएको र फरार नर बहादुर बुढाको खोजि कार्य भैरहेको ढकारी प्रहरी चौकीका असई राजेन्द्र सिंह महतोले जानकारी दिएका छन् ।

