विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नजिक, झण्डै ३ करोड निको

  ।   २ कार्तिक २०७७, आईतवार १०:३३

काठमाडौं, २ कात्तिक ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ ।

विश्वभरका संक्रमित व्यक्तिको विवरण राख्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ३ करोड ९९ लाख ३८ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये निको हुनेको संख्या झण्डै ३ करोड छ । २ करोड ९८ लाख ८४ हजार ७ सय ८८ जना डिस्चार्ज भएका छन् । बाँकी ८९ लाख ५६ हजार ९३२ जनाको उपचार भइराखेको छ ।

उपचार गराइराखेका मध्ये ७१ हजार ९ सय ३४ जनाको अवस्था जटिल छ । ८ लाख ७१ हजारको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ११ लाख १४ हजारको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ । विश्वभर सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४२ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये ५४ लाख ३२ हजार निको भएका छन् । २ लाख २४ हजारको भने मृत्यु भएको छ ।

७४ लाख ९२ हजारमा कोरोना पुष्टि भएको भारतमा ६५ लाख ९४ हजारले कोरोना जितेका छन् । १ लाख १४ हजारको कोरोनाले मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार ३२ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख २४ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ४६ लाख ३५ हजार निको भएका छन् भने १ लाख ५३ हजारको मृत्यु भएके छ ।

पहिलो संक्रमण पुष्टि भएको ९ महिना पुग्दा नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९ हजार ८४० डिस्चार्ज हुँदा ७२७ जनाको कोरोनाले मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।

Next Post

कैलालीमा गस्तीमा रहेका असईको हत्या, हबल्दार बेपत्ता

२ कार्तिक २०७७, आईतवार १०:३३
काठमाडौं, २ कात्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए । असईको शव मोहना […]