दैलेख आगलागी : एक जनाको मृत्यु, एक जनाको अवस्था अँझै गम्भीर

  ।   २९ बैशाख २०८०, शुक्रबार ०६:४७

बैशाख-२९, दैलेख । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेख आठविस –६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको बुधवार राती मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी रहेको डा. चापागाईँले बताए ।

दैलेखको आठविस –६ माल्या जङ्गलमा बुधवार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

Next Post

रोमालाई झिनो अग्रता

२९ बैशाख २०८०, शुक्रबार ०६:४७
एजेन्सी /पेरिस — एडोरडो बोभेले दोस्रो हाफमा गरेको गोलको मद्दतले एएस रोमाले युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार बायर लेभरकुजनलाई १–० गोलान्तरले हराएको छ । यो जितसँगै जोसे मोउरिन्होको रोमा झिनो अन्तरले अगाडि रह्यो । सेमिफाइनल पहिलो लेगको अर्को खेलमा युभेन्ट्स र सेभियाले १–१ को बराबरी खेले । फेडरिको गाटीले खेलको […]