वामदेवको मुद्दा प्रधानन्यायाधीशसहित पाँच जनाको संवैधानिक इजलासमा

  ।   १४ आश्विन २०७७, बुधबार ०६:१६

काठमाडौं, असोज १४
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमविरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ।
असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो।
गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।
आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका थिए।
२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

 

Next Post

ओली–प्रचण्डबीच भेटवार्ता एकाएक स्थगित, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

१४ आश्विन २०७७, बुधबार ०६:१६
काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता […]

सम्बन्धित