बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

  ।   ५ आश्विन २०७७, सोमबार ०७:०६

काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट

डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस अगाडि नै यी एपहरु डाउनलोड गर्न हतारिएका छन् ।

शुक्रबार अमेरिकामा एकैदिन टिकटक एप २ लाख ४७ हजार पटक डाउनलोड भयो जुन बिहीबारको भन्दा १२ प्रतिशतले बढी रहेको मोबाइल एपहरु ट्रयाक गर्ने सेन्सर टावर नामक वेबसाइटले उल्लेख गरेको छ ।

त्यस्तै विच्याटको डाउनलोड दरमा शुक्रबारको दिन बिहीबार भन्दा १ सय ५० प्रतिशतले बढोत्तरी भएको छ । शुक्रबार अमेरिकामा १० हजार पटक विच्याट डाउनलोड भएको छ । एक दिनमा डाउनलोड भएको यो संख्या सन् २०१९ को अक्टोबरयताकै सबैभन्दा बढी हो ।

अमेरिकामा आइफोनमा उपलब्ध निःशुल्क एपहरुमध्ये शुक्रबार बिहान १३८५ औँ स्थानमा रहेको विच्याट शुक्रबार दिउँसोसम्म छलाङ मार्दै १ सय औँ स्थानमा उक्लियो । यो वर्ष एप स्टोरका शीर्ष ५ सय एपभित्र पहिलोपटक विच्याट पर्न सफल भएको हो ।

अमेरिकामा खासगरी मानिसहरु चीनमा बस्ने आफ्ना परिवार र साथीहरुसँग सम्पर्कका लागि विच्याटमा भर पर्ने गर्दछन् ।

अमेरिकामा आइतबारदेखि विच्याट र टिकटक डाउनलोड गर्न नसकिने भएपनि आफ्नो स्मार्टफोनमा यसअघि नै एप डाउनलोड गरिसकेकाहरुले चाहीँ प्रयोग गरिरहन पाउनेछन् । यद्यपि एप्हरुमा प्राप्त हुने सेक्योरिटी अपडेट नहुने भएको हुँदा भविष्यमा जुनसुकै बेला बन्द हुनसक्ने वा प्रयोगका लागि असुरक्षित हुने सम्भावना रहन्छ ।

आइतबार रातिदेखि अमेरिकामा एप स्टोर तथा गुगल प्ले स्टोर दुबैबाट यी दुई एपहरु हटाइने बताइएको छ ।

–सिएनएनबाट

Next Post

आजदेखि आन्तरिक हवाई सेवा नियमित

५ आश्विन २०७७, सोमबार ०७:०६
काठमाडौं । आजबाट आन्तरिक हवाई सेवा नियमित भएका छन् । नेपालमा सेवा दिइरहेका विभिन्‍न नौवटा कम्पनीमध्ये आठवटाले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य […]