दैलेख मालपोतमा अख्तियारको छापा, घुस लिने दुई जना पक्राउ

  ।   ३ कार्तिक २०७७, सोमबार २०:०१

कार्तिक ३, दैलेख ।

मालपोत कार्यालय दैलेख परिसरमा घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले आज पक्राउ गरेको हो ।

सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलिनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधकिारी मेघनाथ सापकोटाले जानकारी दिए ।

उनीहरुलाइ आज साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको सापकोटाको भनाई छ । ‘दुई जनालाई घेरा हालेर नियन्त्रणमा लिएको हो’ सापकोटाले भने, ‘घुस रकम र पक्राउ पर्नेहरु कर्मचारी मात्रै हुन् वा दलाल पनि हुन भन्ने केही खुलेकाे छैन् ।´

Next Post

बलात्कार गरेको आरोपमा पक्राउ

३ कार्तिक २०७७, सोमबार २०:०१
मनोज डाँगी  कार्तिक ३, सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकामा बोल्न नसक्ने २७ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा ३२ बर्षिय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका वडा नं १ शान्तिनगर बस्ने  ३२ बर्षका शरद रेउले हुन् । कात्तिक २ गते राति अन्दाजी ९ बजेको समयमा […]

सम्बन्धित