अदालतको आदेशपछि बालेनले भने- सार्वभौमिकताको सवालमा अदालत र कानुन मान्दिनँ

  ।   ७ असार २०८०, बिहीबार १४:५१

असार-७, काठमाडौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने बताएका छन्।

उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएपछि बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन्।

शाहले भने, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

हिन्दी चलचित्र आदिपुरुषमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद तीन दिनभित्र हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा बालेनले गरेका थिए।

काठमाडौं महानगरपश्चात पोखरा महानगरपालिका र  धरान उपमहानगरपालिकाले पनि भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन्।

Next Post

अल्सरको बिरामीले के खाने, के नखाने ?

७ असार २०८०, बिहीबार १४:५१
  पेटको अल्सर हुनु भनेको पेटमा आउँ वा प्वाल पर्नु हो । यस्तो किन हुन्छ ? जवाफ एक मात्र छैन । यद्यपि पेटको अल्सरमा खराब खानपान प्रमुख जिम्मेवार छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ । गलत खानपान मुख्य कारण भएकाले अल्सरको बिरामीले औषधिसँगै खानपानमा […]