घण्टाघर चाेकमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु

  ।   १३ असार २०८०, बुधबार १४:१९

असार-१३, सुर्खेत । 

वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घण्टाघर चोकबाट कपासेतर्फ जाँदै गरेको मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

१३ असार २०८०, बुधबार १४:१९
असार-१७, काठमाडौ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस-माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ । कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका […]

सम्बन्धित