
मनोज डाँगी
असोज २१ ।
नजिकिदै गरेको वडा दशै, दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रु बर्गहरुको चापलाई व्यवस्थित गर्न सिमा नाकाहरुमा यात्रुहरु माथि दुर्ब्यवहार हुन नदिनको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरुलाई आवत जावतमा सहज वातावरण मिलाउन,सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी, बढी भाडा अशुली तथा असहजता व्यवस्थापन गर्न र सुरक्षित यात्रा गराउनको लागी सल्यान जिल्ला शारदा नगरपालिका वडा नं-१ सितलपाटी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
शारदा नगरपालिका १ सितलपाटि अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरि जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक सन्दीप बि क र सितलपाटि ईलाका प्रहरी कार्यालय श्रीनगरका प्रहरी नायब निरीक्षक दत बहादुर मल्ल बाट व्यानर देखाई विधिवत रुपमा यात्रु सहायता कक्ष संचालन गरिएको छ ।
साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक सन्दीप बि क बाट बसपार्क तथा सवारी साधनहरुमा सवाररत यात्रुबर्गहरुलाई मास्क सेनिटाइजर लगाउनु पर्ने भन्दै ट्राफिक सम्बन्धि केहि नियम समेत जानकारी दिनुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका सम्पूर्ण अस्थाई ट्राफिक प्रहरी पोष्टहरुमा समेत यात्रु वर्गहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रमुख बिकको भनाइ छ ।

