अरिङ्गालको टोकाइबाट मृत्यु

  ।   ३० आश्विन २०७७, शुक्रबार ०७:१९

मनोज डाँगी 

रुकुम पुर्व असोज ३० ।

रुकुम पुर्वमा अरिङ्गाल पाेल्न उत्तिसकाे रुख चढेका एक जनाकाे रुखबाट खसेर ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा निवासी २७ वर्षिय जनक बुढाथोकीको उत्तिसको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपि गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

बिहिवार साँझ घर नजिकैको उत्तिसको रुखमा रहेको अरिङ्गाल पोल्न भनि परिवार सहित गएका बुढाथोकी साँझ करिव ७ बजेतिर रुखबाट खसेर गम्भिर घाइते भएका थिए । अरिङ्गाल पोल्न भनि रुखमा चढेका बुढाथोकी रुखको हाङ्गा भाँचिएर जमिनमा खसेको प्रहरीले जनाएको छ ।
रुखबााट लडेर घाइते उनलाई उपचारका लागि परिवार र आफन्तले जिल्ला अस्पताल रुकुमकोटमा पुर्याएका र अस्पताल पुर्याउदा बुढाथोकीलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । बुढाथोकीको टाउको, छाति र खुटामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

Next Post

प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो

३० आश्विन २०७७, शुक्रबार ०७:१९
काठमाडौं  असोज ३० ।   नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । प्रहरीले खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता […]