जुम्लाका डिएसपी काफ्लेलाई कोरोना संक्रमण

  ।   २६ आश्विन २०७७, सोमबार २२:२०

जिल्ला प्रहरी कर्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेलाई कोरोना संक्रमण भएको छ । उनलाई आइतबार ज्वरो आएपछि पिसिआर परिक्षण गर्दा सोमबार कोरोना रिर्पोट पोजेटिभ देखीएको थियो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होमआईशोलेसनमा बसेका छन् । प्रहरी नायव उपरिक्षक काफ्ले जुम्लामा आएपछि अपराध नियन्त्रण गर्न र नागरिकको शान्ति सुरक्षा दिन दिनरात नभनि खटिने क्रममा संक्रमण भएको हो ।

उनका अनुसार पहिला ज्वरो आउँदा शंका लागेर परिक्षण गर्दा कोरोना संक्रमण देखिए पनि अहिले कुनै पनि लक्षण देखिएको छैन । `अहिले स्वास्थ्य अबस्था समान्य छ । संक्रमणबाट छिटै मुक्त भएर नागरिकको शान्ती सुरक्षामा फर्किने विश्वास लिएको छु´ उनले भने´।

त्यस्तै दुइ दिन अघि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, पुर्व राज्य मन्त्री गोमा कुँवर कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअलि मनियार, क्षेत्रिय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिका भगवति श्रेष्ठ, नेकपा युवा नेता जीवन बुढ्थापा, हातेमालो जुम्लाका निर्देशक टेक बाहदुर रावतलाई कोरोना संक्रमण भएको थियो ।

Next Post

सार्वजनिक सवारीमा सबै सिटमा यात्रु बोक्न पाइने , भाडा पनि पुरानै लागु हुने

२६ आश्विन २०७७, सोमबार २२:२०
असोज २६, काठमाडौ । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने […]