सल्यानमा पछिल्लो २४ घन्टामा २ जनामा कोरोना संक्रमण

  ।   २५ आश्विन २०७७, आईतवार १०:००

मनोज डाँगी,

सल्यान असोज २५ ।

सल्यानमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सर्खेतमा गरिएको परिक्षणमा जिल्लाको त्रिबेणी गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा त्रिबेणी गाउपालिका वडा नम्बर ३ का एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा संयोजक प्रभात श्रेष्ठले जानकारी दिएका छ्न । गत आइतबार कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संकलन गरिएका स्वाव परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यो सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय २३ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

यस्तै बन्गाड कुपिण्डे नगरपालिकाको बनगाड आइसोलेसनमा रहेका ११ जना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएको उनको भनाई छ । यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ सय ८८ पुगेको छ । आइतवार १ सय ७१ जनाको स्वाव संकलन गरेर परिक्षणका लागी सुर्खेत पठाएकोमा १ सय १० जनाको स्वाव परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

उनले भने अझै ६१ वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको छ । जनप्रतिनिधि, कर्मचारी र स्थानियमा कोरोना देखिएपछि असोज १३ गते देखी गाउँपालिकाको कार्यालय लगाएतको क्षेत्र सिल गरिएको छ ।

Next Post

कंचनपुरमा दुई ब्यक्ति मृत फेला

२५ आश्विन २०७७, आईतवार १०:००
असोज २५, कंचनपुर ।  कंचनपुरको छुट्टाछुट्टै स्थानमा दुई जनाको शब फेला परेको छ । जिल्लाको कृष्णपुर नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका […]