कैलालीमा बिप्लब नेतृत्वका दुई सदस्य निष्कासित

  ।   २४ आश्विन २०७७, शनिबार ०९:३९

असोज २४, धनगढीः प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले दुई जना जिल्ला सदस्यलाई पार्टीबाट निष्कास गरेको छ। पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक लाभ लिएको भन्दै साधारण सदस्य समेत नरहनेगरी जिल्ला सदस्य महेन्द्र र साजनलाई निष्काशित गरिएको नेकपाले जनाएको छ।

सेक्रेटरी करन थारुले विज्ञप्ती जारी गर्दै दुवै जनालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन्।

‘जिल्ला सदस्य क.महेन्द्र र साजनले पार्टीमाथि गम्भीर प्रकारका आँच आउने, पार्टी नीति, प्रक्रिया विपरीत पार्टीलाई नटेर्ने,अटेरी, अराजक गरी पार्टीका नाममा आर्थिक लाभ लिई पार्टीलाई नै बदनाम गरेकाले निज कमरेडहरुलाई आजकै मितिबाट पार्टी सदस्यता समेत नरहनेगरी निष्कासन गरिएको जानकारी गराउँदछौँ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

Next Post

जागेश्वर गौतम ज्यू, तपाइँको पत्रकार सम्मेलन बन्द गर्नुस्

२४ आश्विन २०७७, शनिबार ०९:३९
रामेश्वर शाह संकटमा अभिभावकको आवश्यक पर्छ । मुलुकको अभिभावक सरकार हो । सरकारको पहिलो दायित्व आफ्ना नागरिकको जीवनरक्षा गर्नु हो । सरकारले जनतालाई सधैं आश्वस्त र भरोसा दिइरहनु पर्छ । तर, कोरोनाभाइरसको कहरमा जनतालाई सरकारले भरोसा र आश्वस्त भन्दा त्रास बढी बाँडिरहेको छ । दैनिक आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको […]

सम्बन्धित