नेकपा संसदिय दलकी सचेतक शान्ता चौधरी आइसियुमा

  ।   २४ आश्विन २०७७, शनिबार ०९:२३

काठमाडौं, २४ असोज ।

कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन्। चौधरीलाई यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Next Post

कैलालीमा बिप्लब नेतृत्वका दुई सदस्य निष्कासित

२४ आश्विन २०७७, शनिबार ०९:२३
असोज २४, धनगढीः प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले दुई जना जिल्ला सदस्यलाई पार्टीबाट निष्कास गरेको छ। पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक लाभ लिएको भन्दै साधारण सदस्य समेत नरहनेगरी जिल्ला सदस्य महेन्द्र र साजनलाई निष्काशित गरिएको नेकपाले जनाएको छ। सेक्रेटरी करन थारुले विज्ञप्ती जारी गर्दै दुवै जनालाई पार्टीबाट […]