वडा अध्यक्षकै घरमा महिला हिंसा, श्रीमानको कुटाइबाट श्रीमतीको खुट्टा भाँचियो

  ।   २४ आश्विन २०७७, शनिबार ११:३८

असोज २४, कालिकोट ।

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१, छातिका वडा अध्यक्ष बिरबहादुर बुढा मगरले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।

घरमा झगडा हुँदा वडा अध्यक्ष बुढाले आफ्नै श्रीमती रुपा बुढा मगरलाई कुटपिट गरि बायाँ खुट्टा दुई ठाउँमा भाँचिदिएका छन् । यस अघि पनि पटक-पटक झगडा हुँदा कुटपिट गर्ने गरेका अध्यक्ष बुढाले गएराती फेरि मदिरा सेवन गरि कुटपिट गरेको स्थानीय केशब रोका मगरले जानकारी दिए ।

अध्यक्षको कुटाइबाट घाइते रुपा बुढा मगरको जिल्ला अस्पताल कालिकोटमा उपचार हुन नसक्दा नेपालगन्ज रिफर गरिएको छ । कुटपिट गर्ने अध्यक्ष गत निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचीत भएका थिए ।

Next Post

स्पेनमा आपतकाल घोषणा

२४ आश्विन २०७७, शनिबार ११:३८
एजेन्सी । स्पेनको राजधानी मड्रीडमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ । स्पेनको राजधानी मड्रिडमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको बीबीसीले जनाएको छ । मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र […]