रुस-युक्रेन तनाव : अमेरिकी सेना `हाईअलर्टमा´

  ।   ११ माघ २०७८, मंगलवार १०:३४

माघ १९, काठमाडौं ।

रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आँकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई `हाईअलर्ट´मा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ ।

पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा राखिएका सैनिकहरुलाई तैनाथ गर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ । त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो ।

रुस-युक्रेन तनाव बढेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युरोपका सहयोगी देशहरुसँग भर्चुअल छलफल गरेका थिए । सो छलफलपछि पश्चिमी देशहरुले रुसविरुद्ध समान रणनीति अपनाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

छलफलमा बेलायत, फ्रान्स, जर्मनी, इटली, पोल्याण्डका सरकार प्रमुखहरुका साथै नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग सहभागी थिए ।

नेटोका सदस्य देशहरु डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्डले रक्षातन्त्र मजबुत बनाउन पूर्वी युरोपमा फाइटर जेट र युद्धपोत पठाउने तयारी गरेका छन् ।

Next Post

गाउँपालिका अध्यक्षले गरे चुनाव नभए जेठ ४ मै पद त्याग्ने घोषणा

११ माघ २०७८, मंगलवार १०:३४
दैलेख, माघ १६ । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका […]