मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई १६ लाख असुल्ने पक्राउ

  ।   १५ आश्विन २०७७, बिहीबार ०२:०३

काठमाडौँ — मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।
मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने दुर्गाबहादुर श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । रैदासलाई ७ दिनसम्म बन्धक बनाई उनकी श्रीमतीलाई फोन गरी हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र श्रीमानको ज्यान रहने भन्दै दुर्गाबहादुरले धम्की दिएका थिए ।
रैदासकी श्रीमतीले पटक-पटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए । उनले रैदासको राहदानीसमेत आफ्नो कब्जामा लिई उनलाई नेपाल आउन दिएका थिएनन् ।
पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए ।
साथै दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका अन्य नेपाली कामदारलाई समेत धम्काई कुटपिट गरेको पनि खुल्न आएको प्रहरीले बताएको छ । अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

 

Next Post

गुमनाम दैलेखको łपंचकोशी

१५ आश्विन २०७७, बिहीबार ०२:०३
दैलेख – स्थानीय सरकारदेखी प्रदेश सरकारको प्राथमिकतामा नपरेको दैलेखको पंचकोशी धार्मीक क्षेत्र अलिहे गुमनाम अवस्थामा रहेको छ । प्रदेशको ठुलो धार्मीक पर्यटन सम्भावना बोकेको महत्वपूर्ण पंचकोशी क्षेत्रमा विकासको रफ्तार वर्षेनी घट्दो छ । आशालाग्दो रुपमा यहाँका संरचनाहरु निर्माण नहुँदा पर्यटकहरुको संख्या घट्दो छ । पंचकोशी क्षेत्रमा रहको नाविस्थान, श्रीस्थान, पादुका, […]