ट्रकको ठक्करबाट दैलेखमा एक महिलाको मृत्यू

  ।   २४ मंसिर २०८१, सोमबार १५:३९

मङ्सिर-२४, दैलेख ।

दैलेखमा ट्रकको ठक्करबाट एक जना पैदल यात्री महिलाको मृत्यू भएको छ । दैलेख सदरमुकामको बारुदखाना नजिक लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता बिकको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर ।

काँडाचौरबाट पैदल हिँडेर दैलेख अस्पताल जाँदै गरेकी बिकलाई विपरित दिसाबाट आइरहेको उक्त ट्रकले ठक्कर दिंदा घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिएका छन् । ती महिला सुगरकाे उपचारकाे लागि अस्पताल जाँदै गर्दा उक्त दुर्घटना भएकाे हाे ।

ठक्कर दिए लगत्तै भाग्न लागेको अवस्थामा स्थानीयले दिएको हुलिया अनुसार प्रहरीले ठक्कर दिने ट्रक र अर्घाखाँचीको छत्रदेब गाउँपालिका–३ बलकाेट घर भएका ट्रक चालक गणेश दमाईलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक चौधरीले बताए ।

Next Post

नेपाल बीउ व्यवसायी संघको अध्यक्षमा शर्मा

२४ मंसिर २०८१, सोमबार १५:३९
कर्णालीलाइभ समाचारदाता । पौष-१, सुर्खेत । नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको पाँचौ अधिबेशन सम्पन्न भएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न अधिबेशनले १३ सदस्यीय प्रदेश स्तरीय कार्यसमिती गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा  यामप्रसाद शर्मा ,वरिष्ठ उपाध्यक्ष सर्जुमा लामा , उपाध्यक्ष पुण्य प्रसाद शर्मा, महासचिब निसान्त […]