पश्चिमी वायुको प्रभाव : हल्का हिमपात र वर्षाको सम्भावना

  ।   १९ पुष २०७७, आईतवार ०९:०४

पौष १९, काठमाडौं

नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी र  बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बाग्मती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Next Post

कर्णाली प्रदेशमा अहिलेकै सरकारलाई सुबिधाजनक बहुमत पुग्यो, ओली समुहका २ मन्त्री र १ सांसद प्रचण्ड-माधब समुहमा लागे

१९ पुष २०७७, आईतवार ०९:०४
१९ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । दुबैजना ओली […]