कारागारबाट छुटाइ दिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

  ।   २५ जेष्ठ २०८०, बिहीबार १९:२२

जेठ-२५, काठमाडौं। कारागारमा रहेको थुनुवालाई छुटाइ दिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ का ४२ वर्षीय सञ्‍च तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगार ठगी मुद्दामा थुनामा रहेका थुनुवालाई छुटाइ दिने भन्‍दै ४ लाख रुपैया लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Next Post

असम्बन्धित स्थानको भ्रमण गरि चार लाख बढी रकम स्वाहा

२५ जेष्ठ २०८०, बिहीबार १९:२२
जेठ-२६, दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी ४ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार ४२० रुपैयाँ अनियमितता गरेका हुन् । भ्रमण खर्च नियमावली, […]