आजदेखि नयाँ नोट साट्न पाइने

  ।   २९ आश्विन २०८०, सोमबार ०६:४६

कर्णालीलाइभ समाचारदाता ।

असोज-२९, काठमाडौं ।

दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ ।

यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

Next Post

मौसम पूर्वानुमान्: पहाडी भूभागमा पानी पर्ने, हिमाली भेगमा हिमपातको सम्भावना

२९ आश्विन २०८०, सोमबार ०६:४६
कर्णालीलाइभ समाचारदाता । असोज-२९, काठमाडौं । यस वर्षको मनसुन आइतबार नेपाल बाट बाहिरिएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हो। जेठ ३१ (जुन १४) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रह्यो। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुन […]