स्कुटी र फोर्स गाडी ठोक्कीदा एक जनाको मृत्यु

  ।   ५ जेष्ठ २०८०, शुक्रबार २०:४४

जेठ-५, सुर्खेत । कर्णाली राजमार्गको बड्डीचौर–बाँगेशीमल सडक खण्डको मसिनामा स्कुटी र फोर्स गाडी ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरबाट बड्डीचौरतर्फ जाँदै गरेको स्कुटी र अछामबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी ठोक्कीदा वीरेन्द्रनगर ३ बस्ने २३ वर्षीय हिरालाल कँडेलको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर ३ निवासी हुन् ।

कर्णाली प्रदेश ०२००२ प ६७९६ नम्बरको स्कुटी र सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७२ नम्बरको फोर्स गाडी ठोक्कीदा स्कुटीमा सवार कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कँडेलसँगै रहेकी उनी श्रीमती २० वर्षीय डिलु सापकोटा घाइते छन् ।

उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र दुवै सवारी प्रहरी चौकी बड्डीचारको नियन्त्रणमा रहेको कार्यालयको भनाई छ ।@नेपालकर्मबाट साभार

Next Post

नागरिक उन्मुक्ति पार्टीले आजदेखी गर्ने भनिएको नेपाल बन्द फिर्ता

५ जेष्ठ २०८०, शुक्रबार २०:४४
जेठ-६, काठमाडौ ।  नागरिक उन्मुक्ति पार्टीले ६ गते (आज)देखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने र फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको […]