रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते

  ।   १३ माघ २०७७, मंगलवार ०९:५०

 

मनोज डाँगी 

रुकुम (पूर्व) माघ १३

रुकुम पुर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ।
सोमबार राती साढे ९ बजेतिर सिस्ने‐५ को पाथिहाल्नेबाट डोजरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ जाँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका सह-चालक इन्द्र बहादुर बुढाथोकीको उपचारका क्रममा रुकुमपूर्व अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिएका छ्न् ।

सिस्ने गाउँपालिका‐५ स्थित रुमालबारामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सह‐चालक सोही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको निधन भएको हो । डीएसपी श्रेष्ठका अनुसार उक्त दुर्घटनामा परी ट्याक्टर चालक सिस्ने‐५ का २१ वर्षीय जीवन बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको थप उपचारका लागि सोमबार राती नै नेपालगञ्ज रिफर गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताएका छ्न् ।

Next Post

कक्षा १२ को परिक्षाफल सार्बजनिक

१३ माघ २०७७, मंगलवार ०९:५०
काठमाडौँ, माघ १९ ।   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० […]