जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु

  ।   २१ आश्विन २०७७, बुधबार १७:०६

मनोज डाँगी

 असोज २१, जाजरकोट ।

जिल्लाको जुनीचाँदे गाउँपालिको लोडनीमा यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्ष सहित पाँच जनाको ज्यान गएको छ । सदरमुकाम जाजरकोट खलंगाबाट जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकको लागी हिडेका वडाध्यक्ष सहितको टोलि दुर्घटनामा परेका हुन् । लोडनीमा दुर्घटना भएको जीपमा जुनीचाँदे गाउँपालिका वडा न ११ का वडाध्यक्ष अमर बहादुर शाही सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छ्न । उनका अनुसार, भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको छ ।

५ जनाको ज्यान गएको र १ जनालाई उपचारको लागी जिल्ला सदरमुकाम जाजरकोट ल्याउने प्रक्रिया भएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ । थप २ जना वेपत्ता रहेको प्रहरीको भनाइ छ । साथै मृत्यु हुनेमध्य ४ जनाको सनाखत हुन बाकी छ । स्थानीयको अवरोधका कारण प्रहरी प्रशासनलाई खोजी गर्न समस्या भईरहेको  जानकारी आएको प्रहरी प्रमुख डिएसपी श्रेष्ठले प्रारम्भिक जानकारी आएको बताए । जिप जुनेचाँदी गाउँपालिका १ ओलभिर बन्ने ठाउँमा दुघटना भएको हो । उक्त जिप सडक बाट ५ सय मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ ।

Next Post

फरार अभियुक्त ११ बर्षपछी पक्राउ

२१ आश्विन २०७७, बुधबार १७:०६
मनोज डाँगी असोज २१, सल्यान । सल्यानमा छुरा प्रहार गरेर हत्या गर्ने एकजना ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी ११ वर्ष पछी पक्राउ परेका छन् । ब्यक्ति हत्या गरेर फरार भएका साविककाे कुपिण्डे गाविस वडा नम्बर-७, का ३६ बर्षिय हिम बहादुर बोहरालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेकाे हाे […]

सम्बन्धित