रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

  ।   ३ जेष्ठ २०८०, बुधबार ०८:३६

 

जेठ-३, काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’ एक  नेताहरुका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए ।

Next Post

भ्रष्टाचार नियन्त्रण गर्न बास दैलेखले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

३ जेष्ठ २०८०, बुधबार ०८:३६
गोविन्दराज रेग्मी, दैलेख / बढदै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल दैलेख शाखाले ज्ञापन पत्र बुझाएको छ । विहिबार एक कार्यक्रका विच दैलेख शाखाले दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापनपत्र बुझाएको हो । भ्रष्ट्राचार रोक्न भन्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाईएको छ […]