बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु,५ घाइते

  ।   ९ मंसिर २०७७, मंगलवार १७:४९

मङ्सिर ९, बैतडी ।

बैतडीमा मंगलबार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी जादै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटकी ७२ वर्षीया पार्वती चन्द र ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका जीप चालक गोपाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर भएकाले धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

Next Post

बङ्गालको खाडीमा शक्तिशाली सामुद्रिक आँधी, चेन्‍नईमा भीषण वर्षा

९ मंसिर २०७७, मंगलवार १७:४९
मंसिर १०, एजेन्सी । भारतस्थित बङ्गालको खाडीमा निवार नामको शक्तिशाली चक्रवात विकसित भएको छ । जसका कारण पछिल्लाे २४ घण्टामा तमिलनाडु राज्यको राजधानी सहर चेन्‍नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विभागले यस आँधीले खतरनाक रुप लिने अनुमान गरेको छ । विभागका अनुसार सामुद्रिक आँधी बुधबार […]