खनाल अस्पतालबाट डिस्चार्ज

  ।   ३० आश्विन २०७७, शुक्रबार २०:२९

३० असोज, काठमाडौं ।

 स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

रक्तचाप बढेपछि बुधबार ह्याम्स् अस्पताल भर्ना भएका खनाल आज(शुक्रबार) डिस्चार्ज भएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै खनालले डाक्टरहरूको निरन्तरको राम्रो उपचार पछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य उपचारमा खटिएका सम्पूर्ण चिकित्सकहरूलाई धन्यवाद दिँदै खनालले लेखेका छन्, ‘म उपचारार्थ अस्पतालमा रहँदा मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरू, कार्यकर्ताहरू, आफन्तहरू, पत्रकार मित्रहरू तथा शुभेच्छुकहरू सबैप्रति हार्दिक आधार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’

Next Post

के सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएकै हो ?

३० आश्विन २०७७, शुक्रबार २०:२९
काठमाडौं, ३० असोज । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको रहस्य खुलेको छ । नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ७१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो तथ्याँकमा उल्लेख गरेको […]