बाजुराको कवाडी खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

  ।   १७ आश्विन २०७७, शनिबार ०७:१४

बाजुरा, असोज १७ । 

बाजुराको हिमाली गाउँपालिका-५, को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिमाली-५, का धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, उनकी ५ बर्षिया छोरी आरती, ४ बर्षिया छोरी सन्तोषी, २ बर्षिय छोरा सम्मान र १ बर्षिया छोरी किस्मती रहेका छन् ।

शुक्रवार अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला उनिहरु सबै बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिएका छ्न् । सोही खोलाले बगाउँदा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

तत्काल लकडाउन गर्ने योजना छैन : स्वास्थ्य मन्त्रालय

१७ आश्विन २०७७, शनिबार ०७:१४
काठमाडौं, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय […]

सम्बन्धित