चुरोटबाट सल्किएको आगोले महिलाको मृत्यु

  ।   १७ कार्तिक २०७७, सोमबार १७:३४

कार्तिक १७, सल्यान ।

सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ ।

जिल्लाको शारदा नगरपालिका– २ मैसेपानीनिवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति खाना खाएर सुत्ने वेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिए ।

पतिको केही वर्षअघि निधन भएको र महिलाका दुई छोरा रहे पनि  हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालगन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।

घटना रातिको भए पनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमसमेत भइसकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिए ।

Next Post

देश सेवा सङ्गै बिरामीको सेवामा जुट्दै नेपाली सेना

१७ कार्तिक २०७७, सोमबार १७:३४
मनोज डाँगी सल्यान, १८ कात्तिक । नेपाली सेनाको सबुज गण सल्यानले ब्लड बैंककै रुपमा स्थानीयलाई सहयोग गर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बेला बेला सेनाले सहयोग गर्छ ।अन्तिम अवस्था ,जटिल अवस्थाका बिरामीलाई ब्लड चाहिएमा अस्पताल तथा स्थानीयबासि नेपाली सेनालाई नै गुहार्ने गर्छन् । हुन त पहाडी जिल्ला तथा […]