समाजसेवी ट्राफिक प्रहरी

  ।   १७ आश्विन २०७७, शनिबार ०६:३९

मनोज डाँगी 

तुलसीपुर, असाेज १७

अस्थाई प्रहरी पाेष्ट गाेटिखाेला दाङमा कार्यरत ट्राफिक हवल्दार टेक बहादुर कुसारीले आफ्नाे छाेरीकाे जन्मदिनकाे अवसरमा एक पिडित परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेकाे छन् । हवल्दार कुसारीले छाेरी सुप्रिया कुसारीकाे पहिलो जन्मदिनकाे अवसर पारेर शुक्रवार तुलसीपुर उपमहानगरपालिका-३, खमारीस्थित ७६ बर्षीय चन्द्रबिर वलीकाे परिवारलाई खाद्यान्न सामाग्री सहयाेग गरेका हुन् । चन्द्रबिर वलीकाे १३ जनाकाे परिवारमा ९ जना जन्मजात दृष्टिबिहिन रहेका छन् । परिवारका अधिकांश सदस्य दृष्टिबिहिन रहेका कारण आर्थिक अवस्था निकै दयनिय रहेकाे उक्त परिवारलाई हवल्दार कुसारीले चामल, दाल, तेल, साबुन, लगाएतका खाद्यान्न सामाग्री सहयाेग गरेका हुन् ।

पछिल्लो समय जन्मदिनको अवसरमा पार्टीको आयोजना गर्दै होटलहरूमा खर्च गर्ने परिपाटी रहेकाेमा सबैलाई सकरात्मक सन्देश दिन असहाय, अशक्त परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेर छाेरीकाे पहिलाे जन्मदिन मनाएकाे ट्राफिक हवल्दार टेक बहादुर कुसारीले बताउनु भयो । नाचगान रमाईलाे गरी बनाएकाे जन्मदिनहरु भन्दा यस बर्ष थोरै भएपनि कसैलाई छाेरीकाे सम्झनामा सहयाेग गरेर जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेकाे उहाँले बताउनुभयाे ।
खाद्यान्न सामाग्री वितरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक (सइ) चन्द्र केसी, प्रहरी चौकी गाेटिखाेलाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक (असइ) बलराम नेपाली, लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Next Post

बाजुराको कवाडी खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

१७ आश्विन २०७७, शनिबार ०६:३९
बाजुरा, असोज १७ ।  बाजुराको हिमाली गाउँपालिका-५, को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिमाली-५, का धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, उनकी ५ बर्षिया छोरी आरती, ४ बर्षिया छोरी सन्तोषी, २ बर्षिय छोरा सम्मान र १ बर्षिया छोरी किस्मती रहेका छन् […]

सम्बन्धित