एमालेको कार्यदलको सयोजकमा राम बहादुर थापा

  ।   ११ जेष्ठ २०८३, सोमबार ११:२७

एमालेको निर्वाचन समीक्षा र कार्य विभाजन गर्न बसेको बैठकले समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।एमाले सचिव शेरधन राईका अनुसार बैठकपछि नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने कार्यदिशा तय गरेको छ । कमीकमजोरी सच्याउँदै अब नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने अपेक्षा छ’, सचिव राईले भने, ‘अब उपाध्यक्ष थापा नेतृत्वको कार्यदलको सुझाव अनुसार एमाले अघि बढ्छ ।’

कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बी सुव्वा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट,छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् ।
कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । गत सोमबार सुरु भएर आज आइतबार सकिएको बैठकमा नेताहरूको कार्य विभाजन समेत समेत गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिएका थिए ।

Next Post

देउवालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेस

११ जेष्ठ २०८३, सोमबार ११:२७
सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। दुवै पक्षबीचको छलफलपछि देउवालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।उनले वारेशमार्फत दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मागबमोजिम […]