प्रधानमन्त्री ओलीद्वारा वृद्धभत्ता बढाउने घोषणा !

  ।   ९ जेष्ठ २०७८, आईतवार २०:२२

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट आउने बताए । उनले जिम्मेवार ढंगले बजेट ल्याउने भन्दै उनले थपे ‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी बजेट आउँछ ।

विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ,’ उनले भने । प्रधानमन्त्री ओलीले यसअघि नै वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरिसकेका छन् । ‘१५ गते स्वभाविक रूपमा बजेट आउँछ, औपचारिक कार्यक्रमबाट राष्ट्रपतिबाट जारी हुन्छ,’ उनले भने ।

त्यस्तै उनले मन्त्रिपरिषद हेरफेर हुने बताएका छन्। अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताएका हुन् । बालुवाटारमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था आए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने जानकारी दिए।

‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’ उनले दलहरुको हैसियत अनुसार मन्त्रालय दिएर चुनावी सरकार बनाउन सकिने स्पष्ट पारे।

Next Post

अनेरास्ववियु दैलेखका सह-संयोजक खड्का माथी आक्रमण

९ जेष्ठ २०७८, आईतवार २०:२२
दैलेख । अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६/७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए। आक्रमणबाट खड्काको बाँया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखामा चोट लागेको छ। अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग […]