गुमनाम दैलेखको łपंचकोशी

  ।   १५ आश्विन २०७७, बिहीबार ०३:३०

दैलेख – स्थानीय सरकारदेखी प्रदेश सरकारको प्राथमिकतामा नपरेको दैलेखको पंचकोशी धार्मीक क्षेत्र अलिहे गुमनाम अवस्थामा रहेको छ । प्रदेशको ठुलो धार्मीक पर्यटन सम्भावना बोकेको महत्वपूर्ण पंचकोशी क्षेत्रमा विकासको रफ्तार वर्षेनी घट्दो छ । आशालाग्दो रुपमा यहाँका संरचनाहरु निर्माण नहुँदा पर्यटकहरुको संख्या घट्दो छ । पंचकोशी क्षेत्रमा रहको नाविस्थान, श्रीस्थान, पादुका, धुलेश्वर र कोटिला रहेका छन् । यी क्षेत्रहरुमा सरकारले ध्यान दिन सकेको छैन् ।

यहाँका श्रीस्थान र नाविस्थामा पानीमाथि नै ज्वाला बलेको देख्न सकिन्छ । यहाँ आसपास ज्वालाहरुको भण्डार छ । यहाँका खोला नालाहरुमा ज्वाला बाल्न सकिन्छ । धार्मीक तथा वैज्ञानिक रुपमा हेरिएको छ पंचकोशी क्षेत्रलाई । ग्यास पेटोल निकाल्न सकिने वैज्ञानिक आधार छ भने, धार्मीक रुपमा श्रीस्थान व्रतकथा जोडिएको छ । चाईनिज टोलीले अध्यायन पनि गरेका छन् । तर, यहाँ धार्मीक रुपमा बढी मान्ने गरिन्छ । धार्मीक पर्यटकहरुको आस्थाको केन्द्र रहेको छ पंचकोशी क्षेत्र । यहाँ धेरै टाढाबाट दर्शनका लागि आउने गर्छन् । स्थानीय सरकारले यसको गरिमा नबुझ्दा ओझेलमा परेको छ । विकासका लागि गुरुयोजना बनाईएको छैन् ।

ऐतिहाँसिक र पुरातात्विक रुपमा सजिएर बनेका मन्दिरहरु भएपनि सडक, विद्युत लगायतका पूर्वाधारहरु बनेका छैन् । सवैको सरोकारको विषय हुनुपर्ने भएपनि स्थानीय तहले कुनै ठोस कार्यक्रम ल्याएको छैन् । पर्यटक विकासमा लगानी गरे आर्थिक विकास सम्भव हुने उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए । स्थानीय तहले अहिले यी धार्मीक क्षेत्रमा ठोस कार्यक्रम ल्याएका छैन् जसले गर्दा ओझेलमा परेको छ पंचकोशी क्षेत्र । नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले कोटिलामा मानव निर्मित तालसहित धार्मीक र पर्यटक विकासको लागि खाका लिएर काम सुरु गर्ने तयारीमा छन् ।

łहामीले कोटिलामा विशेष ताल बनाएर धेरै योजना बनाएको छौं । नगरप्रमुख खड्काले भने, आगामी वर्षहरुमा यसलाई मुतरुप दिनेछौं । विकाससंगै पंचकोशी क्षेत्रको प्रचारप्रसारमा स्थानीय सरकारहरु ध्यान जान नसकेको पत्रकार विशाल सुनारले बताए । łडोजर किनेर, भाँडामा लिएर पहाड फोड्नै स्थानीय सरकारको ध्यान छ । पत्रकार विशाल सुनारले भने, यहाँ जिल्लाको पर्यटन विकास, पर्यटकिय क्षेत्रका प्रचारप्रसारमा ध्यान दिने जनप्रतिनिधिहरुलाई फुर्सदै छैन् ।

पंचकोशी क्षेत्रका पाचै वटा तिर्थ स्थलको आफ्नै महत्व रहेको छ । स्वस्थानी व्रतकथा अनुसार महादेवले सतिदेवीको शव लिएर पृथ्वी परिक्रम गर्ने क्रममा यहाँको श्रीस्थानमा शिर, नाविस्थानमा नावी, पादुकामा पाउ, कोटिलामा कोटी र धुलेश्वरमा बँचेको धुलो सतिदेवीको खसेको भन्ने कथन पनि रहेको छ ।

सतिदेवीको अंग खसेका सवै भागहरुमा महादेवले रिसको आक्रोशले गर्दा ज्वाला बन्ने गरेको पनि कथन छ । विगतमा सवै स्थानमा ज्वाला बन्ने गरेपनि अहिले श्रीस्थान र नाविस्थानका विभिन्न स्थानमा ज्वाला बन्ने गरेको छ । पंचकोशी क्षेत्रहरु छुले नगरपालिकाहरु दुल्लु, नारायण, चामुण्डाविन्द्रासैनी रहेका छन् भने, भैरवी गाउँपालिका रहेको छ ।

Next Post

पुष्पलाल (मध्यपहाडी) राजमार्ग दुरदराजमा विकास

१५ आश्विन २०७७, बिहीबार ०३:३०
दैलेख, – दैलेखदेखी जाजरकोट पुग्ने सिमा नजिक डरलाग्दो भिरहरु छन् । बाख्रा चर्न जान समेत डर लाग्दो । तर, त्यही भिरबाट अहिले राजमार्ग निर्माण भएपछि भने, विगतमा आउजाउ गर्ने स्थानीयहरु दंग परेका छन् । स्थानीयहरुले यति छिटटै यहाँ सडकको ठुलो विकास होला भनेर सोचेका पनि थिएनन् तर, सरकार नै लागे […]