कर्णाली प्रदेशमा अहिलेकै सरकारलाई सुबिधाजनक बहुमत पुग्यो, ओली समुहका २ मन्त्री र १ सांसद प्रचण्ड-माधब समुहमा लागे

  ।   १९ पुष २०७७, आईतवार १६:०५

१९ पुस, सुर्खेत ।

कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।

तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । प्रचण्ड–नेपाल समुहका दुईजना सांसद धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबावमा थिए ।#onlinekhabar.com

Next Post

सुर्खेतमा थप एकजना कोरोना संक्रमित मृत्यु

१९ पुष २०७७, आईतवार १६:०५
पौष २२, सुर्खेत । कर्णाली प्रदेश सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका ८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो । पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनमा […]

सम्बन्धित