उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

  ।   १५ आश्विन २०७७, बिहीबार १८:३३

भावना शर्मा

महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय पश्चिम् रुकुमको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ का एजेन्सी म्यानेजरहरुलाइ सम्मान तथा नयाँ पुराना अभिकर्ताहरुलाइ उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स राप्ती क्षेत्रीय इन्चार्ज कृष्ण प्रसाद पोख्रेल र अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय सल्यानका प्रमुख विकास रावतको उपस्थिति रहेको थियो ।    उक्त कार्यक्रममा पश्चिम् रुकुम शाखाले आफ्ना २९ जना एजेन्सी म्यानेजरलाइ सम्मान गरेको छ। जिल्लाको शाखा प्रमुख ब्युझना पुनको स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा जानकारी गराइएको उक्त कार्यक्रममा करिव ६५ जना अभिकर्ताको उपस्थिति रहेको शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

Next Post

कोरोनाले लियो डाक्टरको ज्यान

१५ आश्विन २०७७, बिहीबार १८:३३
सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका प्रमूख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन  ५८ बर्षिय डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो । भाद्र ३० गते उनलाई कोरोना भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।  

सम्बन्धित