विद्यार्थीहरु आन्दोलित

  ।   २१ मंसिर २०७७, आईतवार १८:१७

मनोज डाँगी 

२१ मंसिर, दाङ ।

दाङको राप्ती गाउँपालिका ३ लालमटिया रहेको राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै गएको छ ।
आज बिहान १० बजे विद्यार्थीहरूले शिक्षालयबाट सुरु गरेको नाराजुलुस राप्ती गाउँपालिकाको मसुरिया चोकमा गएर चक्काजाममा परिणत भएको थियो । चोकमा विद्यार्थीहरूले नाराजुलुस सहित आधा घण्टा चक्काजाम गरेका थिए ।
शिक्षालयलाई ‘सरस्वती मावि’ विद्यानगर गोवर डिहामा स्थानान्तरण गरेर शिक्षालय परिसरमा ‘प्रदेश पुर्वाधार विकास प्राधिकरण’को कार्यालय स्थापना गर्ने लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद्को मंसिर १६ गतेको निणर्य विरुद्ध आज विद्यार्थीहरुले नाराजुलुस सहित चक्काजाम गरेका हुन ।
साथै राप्ती गाउपलिका मसुरिया चोकमा गाउँपालिकाको कार्यलयमा समेत गई गाउँपालिकाका अध्यक्षसँग भेटेर यस विषयमा बिद्यार्थिहरुले के पहल गर्नु भएको छ भनेर प्रश्न गर्दा शिक्षालयको बिषय आफनो मातहात भित्र नपर्ने भन्दै प्रदेशले गरेको निणर्यमा गाउँपालिकाका अध्यक्ष बोल्न नमिल्ने भनेपछि बिद्यार्थि फर्किएको बिद्यार्थि नेत्र मल्लले बताए । उनले निर्णय नसच्याउँदा सम्म यसरि नै चरणबद्द रुपमा आन्दोलन गर्ने बताएका छन् ।

यसअघि लुम्बिनी प्रदेशसभाको बैठकले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ओगटेको र चर्चेको राप्ती नदीको किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी तोकियोस् भन्ने प्रस्ताव संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको घोषणा गरेको थियो ।

Next Post

वन मुद्दामा फरार २ जना पक्राउ

२१ मंसिर २०७७, आईतवार १८:१७
मंसिर २२, दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो । फरार दुईजनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको […]