बैतडीमा बस दुर्घटना : ९ को मृत्यु, ४५ घाइते

  ।   २८ कार्तिक २०७७, शुक्रबार ०५:५८

कार्तिक २७, दार्चुला ।

बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अरु ४५ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ ।

घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको थियो । रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आएको छैन । घट्नास्थलबाट बैतडीका प्रहरी निरीक्षक धनदेव साउदले अन्नपूर्णलाई बताएअनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेर दुई टुक्रा भएको बताइएको छ ।

क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Next Post

चल्दै गरेको बसमा आगो लागेर नष्ट

२८ कार्तिक २०७७, शुक्रबार ०५:५८
फाइल तस्वीर  मनोज डाँगी कार्तिक २७, दाङ । दाङ देउखुरीको जुरौनीमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ । पोखराबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ५ ख ३६६ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको हो । कालाकाटे र धानखोला बीचको जंगल क्षेत्रमा उक्त बसमा आगलागी भएको अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी […]