हिमालयनले दियो बिलम्ब शुल्कमा छुट

  ।   ६ असार २०८०, बुधबार ११:३१

बिनु भारती 

असार-६, दैलेख ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ देखि असार १५ गतेसम्ममा पुनर्जागरण गर्दा बीमाशूल्कमा लाग्ने बिलम्ब शुल्कमा (ब्याज अथवा जरिवाना) छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले ३ वर्षसम्म व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्ष माथि देखि ७ वर्षसम्म ५० प्रतिशत र ७ वर्ष माथि देखि जतिसुकै अवधिको भएपनि २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविध बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

Next Post

अदालतको आदेशपछि बालेनले भने- सार्वभौमिकताको सवालमा अदालत र कानुन मान्दिनँ

६ असार २०८०, बुधबार ११:३१
असार-७, काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने बताएका छन्। उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएपछि बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन्। शाहले भने, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो […]