विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

  ।   २० आश्विन २०७७, मंगलवार ०७:४२

विदेशमा रहेका ९२ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली निको भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा ४२ देशका ३९ हजार ५२८ जना नेपालीमा कोरोना संक्रमण भएकोमा ३५ हजार ९१६ जना संक्रमितहरु कोरोनामुक्त भइसकेका छन् ।

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार गत साता एकजनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा रहेका एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या २६६ पुगेको छ ।

यस्तै, यो गत साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा नयाँ संक्रमित भेटिएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रहसमेत गरेको छ ।

Next Post

नेकपा सचिवालय बैठक आज

२० आश्विन २०७७, मंगलवार ०७:४२
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल […]