२४ घण्टामा ४५ सय डिस्चार्ज, २९ सय ९ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

  ।   २१ कार्तिक २०७७, शुक्रबार १७:१३

कार्तिक २१, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन्।  शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Next Post

कर्णालीमा आज ७६ जना संक्रमीत थप, २२६ जना डिस्चार्ज

२१ कार्तिक २०७७, शुक्रबार १७:१३
कार्तिक २१, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा २ सय २६ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुर्खेतका ४० जनासहित २४ घण्टामा जुम्लाका ७, दैलेखका ६, रुकुमपश्चिमका ३, कालिकोटका १ र अन्य प्रदेशका ६ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश अस्पताल/पशुपंन्छी रोग […]