
कार्तिक १८, काठमाडौं ।
राप्रपा अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल वा शेरबहादुर देउवा आए पनि देशले संकटबाट निकास नपाउने बताएका छन् ।
उनले समस्याको चक्रब्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार गर्नुपर्ने दावी गरे । मंगलवार ट्वीट गर्दै अध्यक्ष थापाले नेकपा भित्रको विवादप्रति लक्षित गर्दै ओलीको विकल्पमा अरुलाई ल्याउँदैमा निकास नआउने दावी गरेका हुन् ।

‘समस्याको चक्रब्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन । केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन,’ थापाले लेखेका छन् ।
समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन भन्दै उनले लेखेका छन `केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन ।´
