बलात्कार गरेको आरोपमा सत्तरी बर्षिय वृद्ध पक्राउ

  ।   २ कार्तिक २०७७, आईतवार ०७:५४

मनोज डाँगी 

कार्तिक २, सल्यान ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा एक बोल्न नसक्ने ५५ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँका एक ७० वर्षिय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शनिबार आरोपित वृद्धलाई पक्राउ गरेको छ।

शनिबार दिउसो बलात्कार गरेको सूचना पाएपछि आरोपित वृद्ध पुरुषलाई घटना भएको केही घण्टा नबित्दै उनकै घरबाट पक्राउ गरी जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारि प्रहरि निरिक्षक लक्ष्मण ओलीले बताए । उनले भने `अहिले घटना बारे अनुसन्धान भई रहेकाे छ अनुसन्धान पछि सवैकुरा बाहिर आउछ ।´

Next Post

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु तीन जना घाइते

२ कार्तिक २०७७, आईतवार ०७:५४
कार्तिक २, उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान […]