माटोको ढिस्कोले पुरिएर मृत्यु

  ।   १ कार्तिक २०७७, शनिबार १८:२५

रुकुम पश्चिम कार्तिक १

मनोज डाँगी ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । नगरपालिका ९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमा नै ज्यान गएको हो ।

सोहि वडाको औलाधारा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारि प्रहरी निरिक्षक हरि बहादुर वलीले जानकरी दिए ।
माटोको ढिस्कोमा परि घाइते हुनेहरुमा सोहि वडाका २९ वर्षिया निर्मला चदाँरा,१५ वर्षिया प्रतिमा बि.क र ४५ वर्षिया गिता बटाला रहेका छन् ।
घाइतेहरुको अहिले वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भैरहको छ । घाइतेहरु निर्मला चदाँरा र प्रतिमा बिकको अवस्था सामान्य रहेको छ भने गिता बटालाको अवस्था अलि जटिल रहेको नगर अस्पतालले जनाएको छ । मृतक नेपालीको शब भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक वलीले जनाएका छ्न् ।

Next Post

भेरी नदिमा डुबेर बालकको मृत्यु

१ कार्तिक २०७७, शनिबार १८:२५
सल्यान कार्तिक १ मनोज डाँगी । सल्यानमा भेरी नदिमा डुवेर एक बालकको ज्यान गएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न-२, राइराका १० वर्षीय बालक मनोज विस्टको भेरी नदिमा डुबेर मृत्यु भएको हो । बिहान घरबाट बाख्रा चराउन भेरी नदितिर गएका उनी पौडी खेल्ने क्रममा भेरी नदिमा बेपत्ता भएका थिए […]