कोरोनाको बालुवाटार प्रवेश : प्रधानमन्त्रीका तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिव संक्रमित

  ।   १७ आश्विन २०७७, शनिबार १८:५१

काठमाडौं, असोज १७ प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार गरिएको पिसिआर परीक्षणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्य सल्लाहकार रिमाल र थापाले आफूहरुको रिपोर्ट पोजेटिभ आएको भन्दै सम्पर्कमा रहेका ब्यक्तिलाई पिसिआर परीक्षण गराउन सुझाव दिनुभएको छ । रिमालले सामाजिक सञ्जालमार्फत आफूलाइृ कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ, रिमालले भन्नुभएको छ । यस्तै परराष्ट्र सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार थापाले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । यस्तै भट्टराईले पनि कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ ।

‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ,’ थापाले भन्नुभएको छ । चारै जनामा कोरोना पुष्टि भएको हो ।

Next Post

आजको कोरोना अपडेट

१७ आश्विन २०७७, शनिबार १८:५१
काठमाडौं, १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको […]