बिद्यार्थीहरुलाई ब्याग तथा शैक्षिक सामग्री लगायत राउटे बस्तीलाई सोलार बितरण

  ।   ८ जेष्ठ २०८३, शुक्रबार ११:५०

बिष्णु कुमार शाही
विगत लामो समय देखि समाज सेवामा सक्रिय रहदै आएको सामुदायिक विकास केन्द्र नेपाल (CDC Nepal) द्रारा कर्णाली प्रदेशको विभिन्न ठाउमा आफ्गा सेवामुलक कार्यहरु सम्पन्न गरेको छ | सम्पन्न गरेका कार्यहरुमा सुर्खेत जिल्ला अन्तर्गत गुर्भाकोट नगरपालिका १४ मा बसोबास गरिरहेको राउटे समुदायीलाई लछित गर्दै सोलार इन्स्टलेसन प्रोग्राम २०२६ अन्तरगत सौर्य सामग्री बितरण कार्यक्रम समपन्न गरेकोछ | समुदायमा स्वच्छ तथा दिगो उर्जाको पहुचविस्तार गर्ने उदेसे सहित कार्यक्रम संचालन गरियको केन्द्रकी अध्यक्ष राधा मतागीले कर्णाली लाइभलाई बताउनु भोयो |
गुर्भाकोट नगरपालिका १४ का वडा अध्यक्ष चन्द्र बहादुर घर्ति उपस्थित उक्त कार्यक्रममा राउटे समुदायीका परिबारहरुलाई सौर्य उर्जा सामग्री बितरण गर्दै यो कार्यक्रमले उनीहरुको दैनिकी जीवनलाई सहज सुरछित तथा बाताबरण मैत्री बनाउने लक्क्ष लिएको यसले विधुत पहुच सिमित रहेको क्षेत्रमा सौर्य उर्जा प्रभाबकारी विकल्प रहेको सस्थाले जनाएको छ |
सामुदायिक बिकास केन्द्र नेपालले बादी सरोकार मंच नेपाल अन्तर्गत संरक्षन तथा सहयोगमा रहेका अनाथ तथा असहाय बालबालिकाहरुका लागि ५० वटा स्कुल ब्याग बितरण गरेको थियो | शिछा नै उज्यालो भबिस्यको आधार हो भन्ने बिस्बासका साथ गरिएको यस सानो सहयोगले बालबालिकाहरुको अध्यान यात्रामा सकारात्मक सहयोग पुग्ने सस्थाले बिस्वास लिएको सस्थाले जनाएको छ |
कार्यक्रममा स्थानीय जन प्रतिनिधि र स्थानियाहरुको उल्लेखेनिया सहभागिता रहेको थियो | यस्तै अर्को एक कार्यक्रममा नि सोहि केन्द्रले सुर्खेतको बिरेन्द्र नगर नगरपालिकाको २० बेलाघारिस्थित सदरसा मदिना माध्यामिक बिद्यालयमा आयोजित कार्यक्रममा १४० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको थियो |

Next Post

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

८ जेष्ठ २०८३, शुक्रबार ११:५०
जेठ-८, काठमाडौ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद     ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको […]